• २०८१ बैशाख १५ शनिबार

बलिउडमा शाहरुख र देओल परिवार जागेको वर्ष

kharibot

मुम्बई । बलिउडले यो साल ५ सय करोडका फिल्मको बाढी ल्यायो । हिजोका दिनमा सय करोड कमाउने फिल्मलाई अत्यधिक सफल फिल्मको कोटीमा राखिन्थ्यो । तर यो साल १ करोड दुई दिनको खेलमा सीमित रह्यो । अझ दक्षिण भारतका फिल्मले त एक दिनमा सय करोडको व्यापार गर्ने कुरालाई दालभात नै बनाए । 

दक्षिण भारतका फिल्म मेनस्ट्रिम बनिरहँदा मुम्बईमा आधारित बलिउड फिल्म उद्योगमाथि संकटका बादल मडारिएको धेरैको चिन्ता थियो । तर एकपछि अर्को गर्दै ५ सय करोडका फिल्म बनाएर बलिउडले दर्शक भागिनसकेको सन्तोक लिन पायो । भलै यसमा दक्षिण भारतका निर्देशकले बनाएका फिल्मको पनि योगदान रह्यो । जस्तो कि ५ सय करोड कटाउने जवान र एनिमल दक्षिण भारतका निर्देशकले निर्देशन गरेका थिए ।

यो साल एक हिसाबले शाहरुख खानको कमब्याकको वर्षको रुपमा रह्यो । आफूलाई अन्तिम सुपरस्टारको रुपमा चिनाउन रुचाउने शाहरुख पछिल्लो ५ वर्षदेखि ब्लकबस्टर फिल्मको खोजीमा थिए । यो क्रममा उनले आनन्द एल राय, जोया अख्तरदेखि इम्तियाज अलीसम्ममा भरोसा गरे । तर सबैतिरबाट परिणाम हात लाग्यो, फ्लप । तर सन् २०२३ मा उनका तीन फिल्म रिलिज भए जसमध्ये पठान र जवानले ५ सय करोड कमाए भने अन्तिम फिल्म डंकी पनि त्यो आँकडातर्फ अग्रसर भएको छ । 

शाहरुखपछि लगभग टाटाबाईबाई भइसकेको देओल परिवारले पनि यो साल सानदार कमब्याक गर्यो । यसको सुरुवात गरे सन्नी देओलले । कसैले नपत्याएको सन्नी अभीनित गदर २ले बक्स अफिसमा ६ सय करोड बढीको व्यापार गर्यो । भारतमा पनि इतिहास बन्ने क्रममा रहेका सिंगल स्क्रिनमा यो फिल्मको व्यापार आश्चर्य लाग्दो रहेका समाचारहरु प्रकाशित भए । यसपछि देओल परिवारका मूल धमेन्द्र देओल पनि रक्की और रानीमा देखा परे र यो फिल्म पनि हिट मानियो ।  

यसपछि पालो थियो बबी देओलको । रणवीर कपुर अभीनित एनिमलमा भिलेनको भूमिकामा फिल्मको अन्त्यतिर देखिएका बबीलाई पनि यो फिल्मले पुनर्जीवन दिएको छ । रणवीरको अभिनयलाई छायाँमा पारेर बबीले यो फिल्मको सफलताको सारा क्रेडिट लिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै