• २०८१ बैशाख १४ शुक्रबार

मिर्गौला रोगीलाई महालक्ष्मी विकास बैंकको सहयोग

kharibot

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले यही जेठ ११ गते शुक्रबारका दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मिर्गौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

उक्त कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गरेको हो । मृगौला रोग लागि मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आउनु भएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पु¥याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै