• २०८१ बैशाख १६ आइतबार

उत्तरी इथियोपियामा खडेरीका कारण १८ लाख मानिस प्रभावित

kharibot

अदिस अबाबा । इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।

अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य सुरक्षा आयोगका आयुक्त टेस्फाउ बाटाबलका अनुसार खडेरीका कारण कृषि उत्पादनमा व्यापक क्षति पुगेको र मुलुकका नौ क्षेत्रका १८ लाख ४६ हजार ९८५ जना प्रभावित भएका छन् ।

खडेरीका कारण अम्हारा क्षेत्रका जनावर र मानिस दुवै भोकमरीमा परेका छन् । इथियोपियाली सञ्चारमाध्यमहरूले बेटबेललाई उद्धृत गर्दै लेखेका छन्, “खडेरीका कारण भएको क्षति लाई कम गर्न अम्हारा क्षेत्र प्रशासनले प्रभावितहरूको सहयोगका लागि करिब ७७ लाख अमेरिकी डलर छुट्याएको छ ।”

गत शनिबार इथियोपियाका सञ्चारमन्त्री लेजेस टुलुले इथियोपियाका विभिन्न क्षेत्रमा खडेरीका कारण ३८ लाख मानिस प्रभावित भएको बताएका थिए ।  

संयुक्त राष्ट्रसङ्घीय बालकोषको शनिबार सार्वजनिक प्रतिवेदनमा इथियोपियामा जलवायु परिवर्तनको प्रभावका कारण मानवीय अवस्था झनै बिग्रिएको उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै