• २०८१ बैशाख १६ आइतबार

बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

kharibot

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब-इन्जिनियर (करार) टिकाराज राईसमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सब-इन्जिनियर टिकाराम राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो ।

राई र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्मण सम्पन्न प्रमाणपत्र उपबल्ध गराउने प्रयोजनार्थका लागि सेवाग्राहीसँग ८० हजार घुस रकम लिएको पुष्टि हुन आएकाले आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय हुन मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय