• २०८१ बैशाख १५ शनिबार

सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा छ हजारबढी आप्रवासी हराए

kharibot

प्रतिनिधि तस्बीर

म्याड्रिड । सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ । 

उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिइन् । उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो । 

मृतक वा बेपत्ता भएका आप्रवासीहरूको परिवार र आधिकारिक उद्धार तथ्याङ्कहरू सङ्कलन गर्ने सङ्गठनका अनुसार यसमा कूल तीन सय ८४ बालबालिका समावेश छन् । छ हजार सातको मृत्यु वा बेपत्ता अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा भएको हो । 

भूमध्य सागरमा नियन्त्रण कडा भएपछि प्राय भीडभाडयुक्त मुस्किलले समुद्रमा चल्ने जहाजहरूमा पर्याप्त खाना र पानीको अभावका साथ सात वटा टापु अफ्रिकामा गरिबी र सङ्घर्षबाट भागेका मानिसका लागि मनपर्ने गन्तव्य बनेका छन् । 

मालेनोले भनिन्, “एटलान्टिक मार्ग विश्वको सबैभन्दा घातक मार्ग बनेको छ ।” उनले उद्धारकर्मीहरूका लागि साधनको अभाव तथा स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताहरूको घटनामा वृद्धि भएको बताइन् । 

आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार आठ सय ५२ सम्म पुगेको छ । यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो । 

अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन् । उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै