• २०८१ बैशाख २० बिहीबार

भारतले नेपालमा २० करोड सिधै खर्च गर्ने सम्झौता राष्ट्रघात हो- सचेतक बर्तौला

kharibot

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकारले गरेको भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै बर्तौलाले सरकारले गरेको सम्झौता संविधान विपरित रहेको बताउदै यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको टिप्पणी गरेका छन् ।

उनले समितिको बैठकमा भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने समेत माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै