• २०८१ बैशाख १७ सोमबार

कोशी टप्पुमा चरा गणना शुरु

kharibot

इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा बुधबारदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो । 

आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना गरिनेछ । कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्ने संरक्षण अधिकृत यादवले बताए । 

गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदै छ । आरक्ष क्षेत्रमा रहेको सिमसार क्षेत्र, ताल र साना खोल्सा सुक्दै गएका कारणले चराको बासस्थान घट्दै गएको छ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार छ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै