• २०८१ बैशाख १५ शनिबार

राष्ट्रनिर्माताको योगदान र मार्गचित्रलाई पछ्याउँदै अघि बढौं- पूर्वराजा ज्ञानेन्द्र

kharibot

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिदै राष्ट्रनिर्माताको योगदान, मार्गचित्रलाई पछ्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर जता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसकिने बताएका हुन् ।  

उनले भनेका छन्- 'सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं । आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं । त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ , नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई ।'

राष्ट्र भनेको भुगोल मात्र होईन जनताको साझा थलो हो भन्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर भएको बताएका छन् । साथै उनले राष्ट्रनिर्माताबाट अभिब्यक्त भएका दिब्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिएको उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै