• २०८१ बैशाख २३ आइतबार

नागरिक उन्मुक्तिको २५ सदस्यीय पदाधिकारी निर्बिरोध

kharibot

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले शुक्रबार २५ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।

महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन भएका छन् भने कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।  

महाधिवेशनले सहमहासचिवमा रामलाल डगौरा, पदम अधिकारी, पवनकुमार शाह, दिलकुमार लावती, राजन गुरुङ, प्रेम्वती राना र निरबहादुर श्रेष्ठ चयन भएका छन् ।  त्यस्तै सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेत चयन भएका छन् भने सहसचिवमा ६ जना निबिरोध चयन भएका छन् ।

अब महासचिव र लुम्बिनी तथा बागमतीको उपाध्यक्षमा सहमति हुन सकेको छैन । महासचिवमा धर्म बहादुर चौधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ । धर्म लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् ।  गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै