• २०८१ बैशाख २० बिहीबार

यू- १९ विश्वकप वार्मअप: वेस्टइन्डिजविरुद्ध नेपालले टस जित्यो

kharibot

काठमाडौँ । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज वेस्टइन्डिजको सामना गर्दै छ ।

वेस्टइन्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै वेस्टइन्डिजले पहिला ब्याटिंग गर्ने भएको छ । यस अघि नेपालले खेलेको अफिसियल वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

 जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै