• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानले इरानबाट राजदुत फिर्ता बोलायो

kharibot

काठमाडौँ । पाकिस्तानले बलुचिस्तानमा इरानको मिसाइल र ड्रोन आक्रमणपछि तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो देशमा गएका इरानी राजदूत समेत पाकिस्तान फर्कन नसक्ने बताएका छन् । पाकिस्तानले दुई देशबीचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय भ्रमण रद्द गरेको पनि घोषणा गरेको छ ।

प्रवक्ताले पाकिस्तानको निर्णयबारे इरान सरकारलाई जानकारी गराइएको पनि बताएका छन् । पाकिस्तानले इरानको आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको खुला उल्लंघन भएको बताएको छ । यो अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तको उल्लङ्घन हो।

पाकिस्तानले यो 'गैरकानूनी कार्य' लाई पूर्ण रूपमा अस्वीकार्य भन्दै यसको लागि कुनै स्पष्टीकरण हुन नसक्ने बताएको छ ।

विदेश मन्त्रालयले यस गैरकानूनी कदमको जवाफ दिने अधिकार पाकिस्तानसँग रहेको बताएको छ । यसको नतिजाको सम्पूर्ण जिम्मेवारी इरानको हुने चेतावनी समेत पाकिस्तानले दिएको छ ।

इरानले गएराति पाकिस्तानको बलुचिस्तानमा रहेको सुन्नी आतंकवादी संगठन जैश-अल-अदलको अखडामा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । 

सो आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको विदेश मन्त्रालयले जनाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै