• २०८१ बैशाख १६ आइतबार

सानियासँग सम्बन्ध बिच्छेदपछि शोएब मलिकले गरे तेस्रो विवाह

kharibot

काठमाडौँ । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन् । ४१ वर्षीय शोएबले अहिले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका छन् । शोएबले शनिबार सानासँगको फोटो सेयर गरेर यो जानकारी दिएका हुन् ।

शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो । उनीसँग सम्बन्धविच्छेद गरेपछि उनले २०१० मा पूर्व भारतीय टेनिस खेलाडी सानिया मिर्जासँग विवाह गरेका थिए । सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म कुनै स्पष्ट जानकारी नआएको भएपनि शोएबले अर्को विवाह गरेपछि उनीहरुको सम्बन्ध विच्छेद पहिला नै भएको स्पष्ट भएको छ । 

सानिया मिर्जाले बुधबार आफ्नो सामाजिक सञ्जालमा डिभोर्स गाह्रो भएको लेखेकी थिइन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टोरी पोस्ट गर्दै उनले अङ्ग्रेजीमा लेखेकि थिइन्, ‘विवाह गाह्रो छ, सम्बन्ध विच्छेद गाह्रो छ, आफ्नो कठिनाइ आफै छान्नुहोस् । जीवन सजिलो छैन, यो सधैं गाह्रो हुनेछ तर हामी गाह्रो छनोट गर्न सक्छौं । सावधानीपूर्वक छान्नुहोस् ।'

शोएबले शनिबार सामाजिक सञ्जाल ह्यान्डलमा आफ्नी नयाँ पत्नी सना जावेदसँगको फोटो पोस्ट गर्दै तेस्रो विवाहको बारेमा जानकारी दिएका हुन् । सानिया–शोएबको पहिलो भेट सन् २००४–२००५ मा भारतमा भएको थियो । दुवैले सन् २००९–२०१० मा अस्ट्रेलियाको होबार्टमा एकअर्कालाई फेरि भेटेका थिए ।

सानिया टेनिस खेल्न आएकी थिइन् भने शोएब आफ्नो टोलीसँग क्रिकेट खेल्न आएका थिए । त्यतिबेला पाकिस्तानी टोली अष्ट्रेलिया भ्रमणमा थियो । यहाँ उनीहरुको परिचय मित्रतामा परिणत भयो र त्यसपछि भेटघाटको सिलसिला सुरु भयो ।

करिब ५ महिना एकअर्कालाई चिनेपछि दुवैले सन् २०१० मा विवाह गर्ने निर्णय गरेका थिए । सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो । १५ अप्रिलमा लाहोरमा स्वागत समारोह आयोजना गरिएको थियो ।

सानिया र शोएबको विवाहको ८ वर्षपछि सन् २०१८ मा छोरा इजहानको जन्म भएको थियो । छोराको जन्म हुँदा सानियाले टेनिसबाट डेढ वर्षको ब्रेक लिएकी थिइन् ।

गत वर्ष सानिया र शोएबको सम्बन्धविच्छेदको खबर चर्चामा थियो । यसअघि जुलाईमा शोएब मलिकले आफ्नो इन्स्टाग्राम बायो परिवर्तन गरेका थिए । शोएबले आफ्नो बायोबाट सानिया मिर्जाको नाम हटाएका थिए ।

शोएबले पहिलो विवाह सन् २००२ मा हैदराबाद मोडल आयशा सिद्दीकीसँग भएको थियो । सन् २०१० मा कसैसँग सम्बन्धविच्छेद गरेपछि शोएबले सानिया मिर्जासँग दोस्रो विवाह गरेका थिए । उनीहरुको सम्बन्ध १४ वर्षसम्म चल्यो र अहिले उनले पाकिस्तानी अभिनेत्री सना जावेदसँग तेस्रो विवाह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय