• २०८१ बैशाख ३१ सोमबार

अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

kharibot

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रममा सम्पन्न भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा उपस्थित भएर प्राण प्रतिष्ठा गरेका थिए भने श्रीरामको मूर्तिलाई फूल र कपडा चढाएका थिए ।

यस पूजामा मोदी बाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिहरु मन्दिरको गर्भगृह सहभागी थिए । श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो ।

कार्यक्रममा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन जस्ता गायकहरुले राम भजन गाएर सुरुवात गरिएको थियो । यसपछि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राईले मन्दिरसँग सम्बन्धित जानकारी दिएका थिए ।

आज प्राण प्रतिष्ठा गरिएको रामको मुर्ति कर्नाटकको ढुङ्गाबाट बनाइएको हो भने यस मूर्तिका निर्माता मैसूरका अरुण योगीराज हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै