• २०८१ बैशाख १६ आइतबार

अयोध्यामा प्राण प्रतिष्ठा, श्रीरामको ससुराली जनकपुरधाममा उत्सव

kharibot

जनकपुरधाम ।  करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ ।  अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण रहेको छ । 

अयोध्यामा भगवान राम आफनो जन्म स्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्म भुमि र भगवान रामको सुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ ।  जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने समाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ । 

जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र सहायक महन्थ राम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उहाहरु अयोध्या पुगेका छन भने स्थानिय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउसो नगर क्षेत्रमा हिन्दु संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।

जनकपुरधाम उप महानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भईरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दुमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए । 

उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दा समेत यहाको सर्वसधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था छ । साझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आब्हानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ आफनो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए । 

जानकी मन्दिरमा विभिन्न हिन्दु संगठनहरुले सवा लाख दियो वाल्ने छ । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानियवासीहरुको सहयोगमा गरिएको छ । 

जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ  भने हिजो राति देखि नै रंगिचंगी बत्तिले नगर क्षेत्रलाई झकी झकाउ पारिएको छ । राजा जनकको दरवार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको  छ । यस अघि जनकपुरवाट दैनिक खाद्यन्न सहित सुनचांदी सहित सौगात समेत अयोध्याय पठाइएको थियो । 

त्यसैगरी, मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मुर्ति निर्माणको लागि काली गण्डकीबाट शालिग्रामका शिला समेत अयोध्या पठाइएको थियो । १५औँ शताब्दीमा, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए । 

हिन्दु धर्मावलम्बीको अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दु मन्दिरलाई खण्डित गरेर गरिएको थियो । हिन्दुहरुले यो स्थान भगवान श्रीरामको जन्मभुमि रहेको भन्दै त्यहाँबाट मस्जीदलाई हटाउनु पर्ने माँग गर्दै आएको थियो भने मुस्लिमहरुले त्यो मस्जिद रहेको भन्दै विवाद हुदै आएको थियो । सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो । 

त्यसपछि मस्जिदको ठाउमा मन्दिर निर्माण हुनु पर्छ भन्दै हिन्दुपक्षहर संघ संठनहरुले आन्दोलन गर्दै आएका थिए ।  विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंस गरिएको थियो । विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो । सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो ।

गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो । सन् २०२० फेब्रअरी ५ मा मोदी मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो । सो योजना अनुसार मन्दिर निर्माण भई मन्दिरमा भगवानको प्राण प्रतिष्ठा हुन लागेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै