• २०८१ बैशाख १७ सोमबार

सेनेगल र क्यामरुन अफ्रिकन कपको दोस्रो चरणमा

kharibot

काठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत सेनेगल र क्यामरुन दोस्रो चरणमा पुगेका छन् ।

गएराती सम्पन्न समुह सी अन्तर्गतका खेलमा क्यामरुनले गाम्बियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने सेनेगलले गिनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

समुह सी को समुह चरणका खेलपछि सेनेगल ३ खेलमा ९ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ भने क्यामरुन ३ खेलमा ४ अंकसहित दोस्रो हुदै अर्को चरणमा पुगेको छ ।

त्यस्तै गिनीको पनि ४ अंक रहेपनि गोल स्कोरमा क्यामरुन अगाडी रहेकाले दोस्रो भएको छ र गिनी तेस्रो स्थानमा रहेको छ ।

अब तेस्रो स्थानमा रहेको गिनी पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेल सकिएपछि यसको टुंगो लाग्ने छ ।

त्यस्तै यस समुहबाट गाम्बिया भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै