• २०८१ बैशाख १५ शनिबार

धनगढीका नगरप्रमुख हमालको घरमा टाँसियो कालो ब्यानर

kharibot

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा मागपत्र उल्लेख कालो ब्यानर टाँसिएको छ ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्,’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने ।

अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको उपाध्यायले बताएका छन् । 

१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरूले शुल्क फिर्ता गराउने र नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने छ। माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरूका शौचालय सफा र व्यवस्थीत गर्नु पर्ने पार्टीको माग रहेकोछ ।

माघ १५ गते सम्म वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख उप महानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरुले नीजि ट्युसन पढाउने र नीजि क्लनिकमा व्यवसाय कार्य वन्द गर्नुपर्ने, विदेशबाट आयातीत तरकारी, फलफुल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने आन्दोलनको कार्यक्रममा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै