• २०८१ बैशाख १६ आइतबार

इराक र जापान एशियन कपको नकआउट चरणमा

kharibot

काठमाडौँ । इराक र जापान एशियन कपको अर्को चरणमा पुगेका छन् ।

बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले इन्डोनेसियालाई ३-१ गोल अन्तरले पराजित गरेसँगै जापान समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको हो । जापानको ३ खेलमा ६ अंक भएको छ ।

त्यस्तै इराक भियतनामलाई ३-२ गोल अन्तरले पराजित गर्दै समुहमा पहिलो हुदै नकआउट चरणमा पुगेको छ । इराकको ३ खेलमा ९ अंक भएको छ ।

त्यस्तै इन्डोनेसियाको भने ३ खेलमा ३ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेका देशहरुबाट शिर्ष चार देश नकआउट चरणमा पुग्ने हुनाले इन्डोनेसिया बाहिरीइसकेको भने छैन तर ३ अंक मात्र रहेकाले नकआउट चरणमा पुग्ने सम्भावना भने कम छ ।

त्यसैगरी भियतनाम भने जितविहिन हुदै समुह चरणबाटै बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै