• २०८१ बैशाख १५ शनिबार

ललितपुरको सातदोबाटो र भैसेपाटीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे ज्यूले नयाँ शाखाहरुको उद्घाटन गरेका छन् । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय