• २०८३ कार्तिक २८ शनिबार

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी । कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित नौरङ्गम होटल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ की ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन् । उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले जाँच गरेको थियो ।

जाँचका क्रममा उनीहरूको साथबाट चितुवाको एउटा छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले चितुवाको छालासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै