काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नै उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका थिए ।









