• २०८१ बैशाख १७ सोमबार

गृहमन्त्री श्रेष्ठद्वारा भवन उद्घाटन

kharibot

गण्डकी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कास्की जिल्लामा नवनिर्मित प्रमुख जिल्ला अधिकारीको सरकारी निवास उद्घाटन गरेका छन् ।

पोखराको सहिद चोकमा निर्मित भवनको सन् २०२२ मे २ मा निर्माण सम्झौता भएकामा सन् २०२३ जुलाई १५ मा सम्पन्न भएको थियो । 

कुल रु दुई करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत रु दुई करोड ३३ लाख ६५ हजार एक सय ७२ रहेको छ । 

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै