• २०८१ बैशाख १५ शनिबार

इरान र पाकिस्तानबीच सम्बन्ध सुधारको बाटोमा

kharibot

तेहरान । इरानका लागि पाकिस्तानका राजदूत मोहम्मद टिपू आफ्नो कूटनीतिक कार्यभार सम्हाल्न इस्लामाबादबाट इरानको राजधानी पुगेका छन् । 

टिपूले सामाजिक सञ्जाल एक्समा आफ्नो पुनरागमनको घोषणा गर्दै आफू पाकिस्तानको नेतृत्वको इमान्दार र शुभकामना अनुरुप तेहरान जान लागेको बताएका छन् । 

'बलियो पाकिस्तान र इरान यस क्षेत्रका लागि आवश्यक छ र ऐतिहासिक जनस्तरको सम्बन्धलाई बढावा दिन महत्वपूर्ण छ', उनले भने, 'अब नयाँ पाना पल्टाउने समय आएको छ ।'

इरान र पाकिस्तानले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै देशका राजदूतहरू शुक्रबारसम्म आ–आफ्नो पदमा फर्कने सहमति भएको बताएका थिए । 

पाकिस्तानी विदेशमन्त्री जलिल अब्बास जिलानी र उनका इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 

जिलानीको निमन्त्रणामा अब्दोल्लाहियानले पनि जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताइएको छ ।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोकद्दाम पनि शुक्रबार पाकिस्तान फर्कने सम्भावना रहेको इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले जनाएको छ ।

गत जनवरी १८ मा पाकिस्तानले ‘आतङ्कवादी समूहलाई लक्षित गरी’ दक्षिणपूर्वी इरानी प्रान्त सिस्तान र बलुचिस्तानको सीमावर्ती गाउँमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।   

इरानको विदेश मन्त्रालयले तेहरानस्थित पाकिस्तानी कार्यवाहक राजदूतलाई बोलाएर पाकिस्तानको सैन्य कदमको विरोधमा इरानको आधिकारिक विरोध जनाएको थियो ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानी आक्रमणमा परी दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । पाकिस्तानले इरानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै