• २०८१ बैशाख २१ शुक्रबार

नवौं पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

kharibot

पटना । नितिश कुमार विहारको नवौं पटक मुख्यमन्त्री बनेका छन् । उनले आजै विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए  । 

नितिश कुमारले भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री पदको शपथ लिएका हुन् । मुख्यमन्त्री नितिशसँगै विजेपीका दुई जना उपमुख्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन् । 

उनले यसअघि राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गर्दै राजीनामा दिएका थिए ।  अब नितिशकुमार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल भएका छन् ।

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । 

नितिशकुमारको दल जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक-एक सदस्य छन् । एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै