• २०८१ बैशाख १६ आइतबार

गाउँमा घर बनाउदै अभिनेता सञ्जय मिश्रा

kharibot

काठमाडौँ । सधै फरक अभिनयका कारण चर्चामा आउने बलिवुडका चर्चित अभिनेता सञ्जय मिश्रा अहिले भने फरक कारणले चर्चामा रहेका छन् ।

अभिनेता मिश्रले मुम्बईबाट करिब १४० किलोमिटर टाढा लोनावालाको टिस्क्री प्लेस गाउँमा आफ्नो घर बनाएका कारण अहिले चर्चामा रहेका छन् ।

शहरको चहलपहल र भीडभाडबाट टाढा रहेको यो शान्त ठाउँमा सञ्जयले साढे दुई एकडमा फार्म हाउस बनाइरहेका छन् । अहिले यो पूर्ण रुपमा निर्माणाधीन छ, मेकानिकले दिनरात काम गरिरहेका छन् । त्यहाँ धेरै प्रकारका तरकारी र रूखहरू पनि रोपिएका छन् । सञ्जयले आफू सधैं गाउँको जीवनको आनन्द लिन चाहन्थे तर त्यो हुन नसकेको बताए । अहिले उनको सपना पूरा भएको बताएका छन् ।

सञ्जयले त्यहाँ एउटा सानो कुटीर जस्तो घर पनि बनाएका छन् । विशेष कुरा यो पूर्णतया काठबाट बनेको छ । इँटा, सिमेन्ट वा बालुवा कतै प्रयोग भएको छैन । सञ्जयले यहाँ धेरै प्रकारका फूल र पातहरू पनि उमारेका छन् ।

त्यहाँ पुगेपछि सञ्जय मिश्राले आफ्नो प्राकृतिक र देसी शैलीमा कारीगरहरूलाई निर्देशन दिइरहेका भारतीय मिडिया दैनिक भाष्करले उल्लेख गरेको छ । सञ्जयले आफुलाई मुम्बईमा बस्न मन नलागेका कारण यो फर्म हाउस बनाएको बताएका छन् । उनले आफ्नो खाली समय गाउँमै बिताउन यो फर्म हाउस बनाएको बताउदै कुटीर जस्तै काठको घर बनाउदै गरेका छन् । 

सञ्जयले फर्ममा बन्दागोभी, बैंगन, पालक, धनिया र टमाटर खेती गरिरहेको समेत बताएका छन् ।

बिहारका सञ्जय मिश्रले आफ्नो अध्ययन बनारसमा पुरा गरेका थिए । उनले १९९५ मा ओ डार्लिंग ये है इण्डियाबाट आफ्नो फिल्मी यात्रा शुरु गरेका थिए । उनले अभिनयको शुरुवात भने १९९१ मा चाणक्य सिरियलबाट शुरु गरेका थिए ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै