• २०८१ बैशाख १६ आइतबार

सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण

kharibot

कोलालम्पुर । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७औँ राजाको रूपमा शपथ लिएका हुन् । 

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन् ।

प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए ।

उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।

मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेशियाको संविधानले व्यवस्था गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै