• २०८१ बैशाख १६ आइतबार

त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

kharibot

पोखरा । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए । 

उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै