• २०८१ बैशाख १७ सोमबार

कृषि पर्यटन मार्गमा कालोपत्र

kharibot

तनहुँ।  जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ ।

व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि  सो मार्ग निर्माण गरिएको हो । 

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुईसय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्य अगावै कालोपत्र गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिए ।

मङ्लादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु.चार करोड ४३ लाख ४० हजार पाँच सय २८ मा ठेक्का सम्झौता गरेको थियो । 

उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । 

योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए । 

त्यसैगरी व्यास नगरपालिका–११ मा एक हजार सात सय मिटर लामो बाराही– रानीमार्ग आठ महिनाअघि कालोपत्र गरिएको थियो । 

उक्त दुवै योजना क्रमश : आठ महिना र चार महिना अघि सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले विस २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु चार करोड ४३ लाख ४० हजार पाँच २८ मा ठेक्का सम्झौता गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै