• २०८१ बैशाख १६ आइतबार

रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी

kharibot

पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहित १८ जनाव्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितहरुले प्रहरीमा जाहेरी बुझाएका छन् ।

सूर्यदर्शन सहकारीबाट पीडित बनेका व्यक्ति तथा संस्थाहरूले लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी बुझाएका छन् । जाहेरीमा लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतको नाम उल्लेख गरिएको छ ।

त्यस्तै नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्धको नाम समेटिएको छ ।

पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।

प्रहरीले निवेदन आएको जानकारी दिदै दर्ताकै प्रक्रियाकै आधारमा अनुसन्धान थाल्ने बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय