• २०८१ बैशाख १५ शनिबार

अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन

kharibot

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो । 

नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । 

सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारणसभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ । 

लामो समयको रस्साकस्सीपछि गत साउन २ गते  प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । 

रेडक्रसका अन्तर्राष्ट्रिय वैधानिक सभा सम्मेलनमा नेपाल रेडक्रसको प्रतिनिधित्व हुँदै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ गरी साझेदारी वृद्धि भइरहेको महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै