• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानमा चुनावको एकदिन अघि दुई विस्फोट, २७ जनाको मृत्यु

kharibot

इस्लामावाद । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तानमा दुईवटा विस्फोट भएका छन् । पहिलो विस्फोट पिसिन सहरमा भएको थियो । १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार स्वतन्त्र उम्मेदवार असफन्द यार खान ककरको कार्यालय बाहिर विस्फोट भएको हो । बम विष्फोट हुँदा कक्कड कार्यालयमा उपस्थित थिएनन् ।

त्यही क्रममा बलुचिस्तानको किला सैफुल्लाहमा रहेको जमियत उलेमा ए इस्लाम फजल पार्टीका उम्मेदवार मौलाना अब्दुल वासेको कार्यालय बाहिर दोस्रो विस्फोट भएको थियो । यस हमलामा १२ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुवै विस्फोटमा कुल २७ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा विहिबार आम निर्वाचन हुँदैछ र सबै प्रान्तमा निर्वाचन हुँदैछ । पाकिस्तानको निर्वाचन आयोगले बलुचिस्तानका मुख्य सचिव र प्रहरीसँग आक्रमणको बारेमा रिपोर्ट मागेको छ ।

बलुचिस्तानका मुख्यमन्त्री अली मर्दान खान डोम्कीले आक्रमणको निन्दा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै