• २०८१ बैशाख १७ सोमबार

केकीको ‘बोक्सीको घर’ आगामी बैशाख १४ मा

kharibot

काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्षको बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो ।

करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

‘केकी अधिकारी फिल्म्स’को ब्यानरमा निर्माण रहेको फिल्ममा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाएर समाजले गर्ने शोषणमा फिल्म आधारित छ । सामाजिक-थ्रिलर कथामा बनेको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताएकी छन् ।

नेपाल प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने केकीको योजना छ । फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ । ‘बोक्सीको घर’ नाटकमा अभिनेत्री सरिता गिरीको अभिनय थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै