• २०८१ बैशाख १६ आइतबार

टीका प्रसाईं र सञ्जीव पराजुलीको नयाँ गीतको भिडियो सार्वजनिक

kharibot

काठमाडौँ। गायिका टीका प्रसाईं र गायक सञ्जिव पराजूलीको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

भ्यालेन्टाइन सप्ताहको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

"बरू मौनता बढोस्, बरू खटपटी चलोस्, तर मन टाढा नहोस, माया झन्झन् गाढा बनोस् " बोलको यो गीतमा शिखर सन्तोषको शब्द तथा आनन्द अधिकारीको संगीत रहेको छ ।

भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् भने जनक खड्काले मुख्य सहायक निर्देशन गरेका छन् ।

सरोज खनाल, शर्मिला मल्ल, महेश खड्का, निशा कार्की र अनुरोध अधिकारीको अभिनय रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र हुमागाईंले छायांकन गरेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन् ।

भिडियोमा रमेशमान श्रेष्ठको भिएफ्एक्स, अनन्त घिमिरेको रंग संयोजन तथा नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै