• २०८१ बैशाख २० बिहीबार

दयाहाङका दुई फिल्म हात्तीछाप र दयारानीको भिडन्त

kharibot

काठमाडौँ । एउटै कलाकारको फिल्म एउटै मिति प्रदर्शन हुने आफैंमा राम्रो होइन । यसले फिल्मको व्यापारलाई असर गर्ने मात्र होइन दर्शकका लागि पनि अन्योलको अवस्था सिर्जना हुने गर्दछ । 

तर अभिनेता दयाहाङ राईका लागि यतिबेला आफ्नै फिल्मको भिडन्तले समस्या खडा गरेको छ । दयाहाङका गत बैशाख १ गते उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ एकै मितिमा रिलिज भएका थिए र आज  दोस्रोपटक उनका दुई फिल्म हात्तीछाप र दयारानीको प्रदर्शन शुरु भएको छ ।

दयाहाङ आफ्ना दुवै फिल्मको प्रचारमा उनको सक्रिय बनेका थिए । प्रचारमा दुवै फिल्मलाई एक दिनको समय दिएका उनले प्रिमियरमा भने दुईतिरै उपस्थिति जनाएनन् । फिल्ममा एउटै कलाकार भए पनि कथावस्तुको हिसाबले दुवै फरक रहेका छन् ।

सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुतिमा बनेको ‘हात्तीछाप’ मा दयाहाङसँगै सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतको पनि अभिनय छ भने हाँस्य अभिनेता दीपकराज गिरी केमियो भूमिकामा छन् । 

त्यस्तै, माओत्से गुरुङ निर्देशित ‘दयारानी’ मा दयाहाङको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, क्रिष्टी गुरुङ, राजेन्द्र थापा, टिकाराम घले, सीतादेवी गुरुङ आदिको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै