• २०८१ बैशाख १७ सोमबार

‘द पोएट आइडल’ सिजन २ को मुख्य प्रायोजकमा नेपालको नम्बर १ आईभीएफ वात्सल्य, सोमबारदेखि प्रशारण हुदै

kharibot

काठमाडौँ । सोमबारदेखि प्रशारण हुने कविताको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफ रहने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वात्सल्य नेचुरल आईभीएफको तर्फबाट प्रबन्ध निर्देशक प्रशान्त सुबेदी र सब लाइसेन्स एडप्याडका तर्फबाट निर्देशक रइस भट्टले मुख्य प्रायोजकको सम्झौतामा हस्ताक्षर गरेका थिए । साथै कार्यक्रममा अन्य प्रायोजकहरुसँग पनि सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

‘द पोएट आइडल’ प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।  ‘द पोएट आइडल’ को निर्णायकमा कवि विप्लव प्रतिक, उपेन्द्र सुब्बा, अनुप बराल र अभिनेत्री केकी अधिकारी रहेका छन् । 

पत्रकार सम्मेलनमा अभिनेत्री अधिकारीले कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताउदै सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । 

शोका निर्माता अमन अधिकारीले ‘द पोएट आइडल’ को कुल ३० एपिसोड हुने जानकारी दिदै सिजन २ लाई अभिनेता समेत रहेका दिव्यदेवले होस्ट गर्ने बताए ।

‘द पोएट आइडल’को सम्पूर्ण अधिकार (सब- लाइसेन्स) जिम्मेवारी भने एडप्याडले लिएको छ । त्यस्तै डिजिटल ब्रोडकाष्ट पार्टनरमा ओएसआर नेपाल रहेको छ भने मार्केटिंग पार्टनर मिडिया सेन्स रहेको छ ।

त्यस्तै शोको शिर्ष प्रायोजक वात्सल्य नेचुरल, पावर्ड बाई प्रायोजकमा सगरमाथा सिमेन्ट, को- स्पोन्सरमा जोय, ओरल हेल्थ केयर पार्टनर सेन्सोडाइन, कलेज पार्टनरमा एनसीएम कलेज र् भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै