काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
कुवेतले शुरुमा ७४ रनको लक्ष्य दिएको भएपनि बर्षाले खेल अवरुद्ध हुदा नेपालको लक्ष्य १२ ओभरमा ५० रन तय गरिएको थियो । नेपालले सो लक्ष्य ६.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।
यो जितपछि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्ने छ । मलेसियाले आजै सम्पन्न अर्को खेलमा जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्ने भएका छन् । सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।