• २०८१ बैशाख १५ शनिबार

थाइल्याण्डलाई हराउदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

kharibot

काठमाडौँ । युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट हुदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो ।

यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एशिया कपका लागि छनौट समेत भएको छ । अब युएईले अर्को सेमिफाइनलमा मलेसिया र नेपालबीचको विजेतासँग फाइनलमा खेल्ने छ । मलेसिया र नेपालबीचको दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै