• २०८१ बैशाख १५ शनिबार

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज मलेसियाको सामना गर्दै

kharibot

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ ।

यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७: १५ बजे हुदै छ ।

सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै