• २०८१ बैशाख १७ सोमबार

एकीकृत समाजवादीले वर्ग आत्मसमर्पणवादको बाटो लियो- झलनाथ खनाल

kharibot

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् ।

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने नेता खनालको भनाई थियो ।

समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए । नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने जिकिर गरे ।

उनले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुनसक्ने पनि बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै