• २०८१ बैशाख १६ आइतबार

सर्लाहीको राष्ट्रिय वनको बहुमूल्य जातका काठ तस्करी

kharibot

सर्लाही । सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ । 

सागनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परिवजना सुरु गरेको हो । परिवजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गर्‍यो । २०३५सालमा साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समितिअन्तर्गत सागरनाथ वन परियोजना स्थापना भएको हो । 

परियोजना क्षेत्रमा तस्करीहरुले व्यापक वन फँडानी गरेको छ । स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्र प्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर साल टिकका रुख काटिएका छन् ।  सर्लाहीमा परियोजनामार्फत् नै संरक्षण गरिएका वनहरुमा अहिले तस्करको चहलपहल बढेको आरोप छ । वन कर्मचारीसँगको सेटिङमा सागरनाथ वनमा तस्करले गतिविधि बढेको स्थानीय नागेश्वर महताले बताए । वन फडानीका गतिविधि बढ्दा पनि परियोजना निमित्त कार्यालय प्रमुख चौधरी मौन समर्थन जनाइरहेको स्थानीय बताउँछन् । 

सागरनाथ वन विकास परियोजनाको सागरनाथ, हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा दिनहू तस्करहरुले वन फँडानी गरेको पाइएको छ । हातीलेद वन कार्यालयको क्षेत्रमा पर्ने महोत्तरिको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् । सागरनाथ वन विकास परियोजना अन्त्रगतको हातीलेदका वन ब्यबस्थापन शाखाका शाखा प्रमुख विधाशागर कर्णकै मिलेमतोमा बहुमूल्य जातका साल खयर टिक लगायतका काठ काटिएका छन् । 

वन बिकाश परियोजनामा दिउँसो र राति वन गस्तीका लागि वन हेरालु राखिएको छ । तर, उनीहरु वन नै नगई परियोजनामै समय बिताएका छन् । पूर्व-पश्चिम राजमार्ग नजिकै सालका रुख काटिएको छ । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिछ । तस्करहरुले वन कर्मचारीहरु सँग सेटिङ मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानीय रामबली पन्डितले बताएका छन । 

सागरनाथ वन विकास परियोजना निमित्त प्रमुख चौधरि सहित परियोजनाका रेन्जर र वन हेरालुहरु मौन देखिनु ले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ,हातीलेद, मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् । वन कर्मचारीकै सेटिङमा सर्लाहीको मुख्य बाटो भएर जिल्लाबाहिर काट पुग्दासमेत परियोजना कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको छन् ।

परियोजनामा काठ तस्करी हुँदा समेत निमित्त कार्यालय प्रमुख चौधरी र हातीलेदका वन व्यवस्था  शाखाका शाखा प्रमुख कर्ण मौन बस्नुले धेरै शंका उब्जाएकाे छ । परियोजनाका निमित्त प्रमुख कर्णले परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नहुँदा तलव खान नपाएको बताए ।

वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर, कानुन पालना गराउने निकाय एव‌ं व्यक्तिहरुले खासै चासो नदिँदा तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै