• २०८१ बैशाख २१ शुक्रबार

अत्यावश्यक विधेयक पारित गर्ने सभामुख घिमिरेको प्रतिबद्धता

kharibot

चितवन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताए । 

अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उनले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताए । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उनले दोहोराए । 

सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै