• २०८१ बैशाख २८ शुक्रबार

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला

kharibot

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताएका छन् ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकको समापनसत्रमा उनले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताए । “आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ”, उनले भने । 

उनले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस कमजोर नभएको बताउँदै कांग्रेसलाई कुनै प्रकारको गठबन्धन आवश्यक नभएको धारणा राखे।

पार्टीभित्र एकता आवश्यक रहेको भन्दै उनले निर्वाचन पहिलेभन्दा पछि मात्र आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताए ।नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रुपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताए ।

उनले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताए ।कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिए ।

गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।उनले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै