• २०८१ बैशाख १६ आइतबार

भारतीय फास्ट बलर शामीले आईपीएल र टी–२० विश्वकप गुमाउने

kharibot

काठमाडौँ । भारतीय फास्ट बलर मोहम्मद शामीले यो वर्षको आईपीएल र टी–२० विश्वकप गुमाउने भएका छन् । खुट्टाको चोटको शल्यक्रिया गर्न उनी बेलायत जाने भएपछि शामीले आइपिएल र टी-२० विश्वकप गुमाउने भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ । जशामीले खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अब कम्तिमा ८ देखि ९ महिना क्रिकेटबाट बाहिर हुने भएका हुन् ।

शामी आईपीएलमा गुजरात टाइटन्सबाट खेल्छन् । बीसीसीआईका एक अधिकारीले पीटीआईलाई भने, ‘इजेक्सनले सोचे जस्तो प्रभाव देखाएन । यस्तो अवस्थामा शमीसँग शल्यक्रिया गर्नुबाहेक अर्को विकल्प थिएन । उनी शल्यक्रियाका लागि केही दिनपछि बेलायत जानेछन् । यस्तो अवस्थामा आइपिएल खेल्न नसक्ने भएका हुन् ।'

चोटका बाबजुद शामीले एकदिवसीय विश्वकप खेलेका थिए तर प्रतियोगिता सकिएपछि उनले कुनै क्रिकेट खेलेका छैनन् । 

शमीलाई एकदिवसीय विश्वकपपछि मात्र शल्यक्रियाका लागि एनसीएबाट सल्लाह पाएको भए उनी टी–२० विश्वकपसम्म फिट हुने थिए । तर त्यसो हुन नसकेपछि अब उनले आइपिएल र विश्वकप गुमाउने निश्चित भएको चो ।

शामीले चोटका बाबजुद गत वर्ष अक्टोबर र नोभेम्बरमा एकदिवसीय विश्वकप खेलेका थिए । उनले प्रतियोगिताको ७ खेलमा सर्वाधिक २४ विकेट लिएका थिए । योसँगै उनी विश्वकपमा ५० भन्दा बढी विकेट लिने पहिलो भारतीय बलर बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय