• २०८१ बैशाख १६ आइतबार

विवादित मन्त्री-सांसदलाई घर पठाऔं- गगन थापा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विवादित मन्त्री तथा सांसदहरूलाई घर पठाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले विवादमा मुछिएका सांसद तथा मन्त्रीहरूलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने- 'विगत केही दिनअघिदेखि यताकोले उता बसेको दागी गर्ने उता बसेकाले यता  दागी देखाउने दोहोरो चलेको छ। यही पाराले न संसद राम्रोसँग चल्ने भयो । मुल विषय छायामा पर्ने भयो । आसनको दायाँ बसेको होस् कि बायाँ बसेको होस् काखेको होस् कि पाखेको होस् । अख्तियारले डामेको, आयोगले पोलेको, सरकारी जग्गामा आँखा परेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔं । सहकारीलाई ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइ दिएर अनुसन्धान गर्न दिऔं । यत्ति गर्दा के होला । दोषी देखिए कारवाही होला निर्दोष देखिए फर्केर आउनुहोला । फूलमाला लगाएर स्वागत गरौंला । अलिअलि सफा गर्न सकिए यहाँ मिटरब्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको बारेमा जमेर छलफल गर्न सकिन्थ्यो होला । होइन भने उताकोले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिरहन्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै