• २०८१ बैशाख २२ शनिबार

प्यालेस्टाइनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको राजीनामा

kharibot

जेरुसेलम । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद सातेहसहित सम्पूर्ण मन्त्रीहरुले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री मोहम्मद सतेहले गाजा पट्टीमा प्यालेस्टाइनीहरु भोकमरीबाट ग्रसित भएको लगातार इजरायली आक्रमणहरू भइरहेको, वेस्ट बैंक र जेरुसेलममा पनि हिंसा बढ्दै गएको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनले राष्ट्रपति महमूद अब्बाससमक्ष राजीनामा बुझाएका हुन् ।

सतेहको राजीनामा यस्तो समयमा आएको हो जब अमेरिकाले प्यालेस्टाइनमा नयाँ राजनीतिक संरचना बनाउन राष्ट्रपति अब्बासलाई दबाब दिइरहेको छ ।

प्रतिवेदनका अनुसार इजरायल–हमास युद्ध समाप्त भएपछि प्यालेस्टाइन राज्य स्थापना हुनेछ । यस राज्यमा कसले शासन गर्ने भन्ने विषयमा अमेरिकाले इजरायल र प्यालेस्टिनी प्राधिकरणसँग कुरा गरिरहेको छ । अमेरिकाले यहाँ शासन सञ्चालनका लागि नयाँ राजनीतिक संरचना बनाउनुपर्ने बताउदै आएको छ ।
प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद सतेहले राजीनामा दिएपछि अब राष्ट्रपति महमुद अब्बासले राजीनामा स्वीकृत गर्ने कि नगर्ने निर्णय गर्नुपर्नेछ ।

प्यालेस्टाइन प्राधिकरणको अध्यक्ष राज्यको प्रमुख हो । वेस्ट बैंक र पूर्वी जेरुसेलममा प्रजातान्त्रिक रूपमा राष्ट्रपति निर्वाचित हुन्छन् । वर्तमान राष्ट्रपति महमूद अब्बास हुन्। उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् । प्यालेस्टाइनमा प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिको इच्छाबमोजिम हुन्छ । यसका लागि संसदको स्वीकृति भने आवश्यक छ । 

प्यालेस्टाइनको प्रधानमन्त्री हुँदा मोहम्मद सातेहले गाजाको नाम ‘ब्लड भ्याली’ राखेका थिए । उनले अक्टोबर ७ बाट सुरु भएको इजरायली आक्रमणका कारण गाजामा शव गाड्ने ठाउँ नरहेको दाबी गरेका थिए ।

प्यालेस्टाइन अथोरिटीलाई प्यालेस्टिनी क्षेत्रहरूको शासक निकायको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ । यो क्षेत्र प्यालेस्टिनी राष्ट्रपतिको नेतृत्वमा छ र प्यालेस्टाइन लेजिस्लेटिभ काउन्सिल भनिने एक विधायी निकाय छ ।

प्यालेस्टाइनमा दुई ठूला पार्टी छन्, एउटा हमास र अर्को फतह । हमास एक सशस्त्र संगठन हो र गाजा पट्टीमा २००७ देखि शासन गर्दै आएको छ । उही समयमा, फतहको नेतृत्वमा प्यालेस्टाइन प्राधिकरणले वेस्ट बैंक र जेरुसेलममा शासन गर्दछ, जसलाई अन्तर्राष्ट्रिय समर्थन छ ।

प्यालेस्टाइन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरमा प्यालेस्टिनीहरूको प्रतिनिधित्व गर्दछ । प्यालेस्टाइनमा राजनीतिक प्रणाली प्यालेस्टाइन प्राधिकरण अन्तर्गत चल्छ । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) र इजरायल बीचको ओस्लो सम्झौता पछि प्यालेस्टाइन क्षेत्रमा १९९४ मा एक अन्तरिम प्रशासनिक निकायको रूपमा स्थापित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै