• २०८१ बैशाख २२ शनिबार

'फ्री प्यालेस्टाइन' को टिसर्ट लगाएर जब युवा मैदानमा पुगे

kharibot

काठमाडौँ । भारतको अहमदाबादमा जारी भारत–अष्ट्रेलिया विश्वकपको फाइनलका क्रममा एक युवक प्यालेस्टाइनको जर्सी लगाएर खेल मैदानमा पुगेका छन् । फाइनल खेल जारी रहेका बेला प्यालेस्टाइनलाई समर्थनको टिसर्ट लगाएर रंगशाला पुगेका युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

प्यालेस्टाइन सन्देश लेखिएको टी-सर्ट लगाएर मैदानमा पुगेका युवालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । ति युवा अस्ट्रेलियन भएको बताइएको छ । उनी विराट कोहलीले ब्याटिंग गरिरहेको बेला मैदानमा पुगेका थिए ।

विश्वकपको फाइनलमा ६ हजारभन्दा बढी सुरक्षाकर्मीलाई छक्काउदै 'फ्री प्यालेस्टाइन' लेखेको टी–सर्ट लगाएका युवक स्टेडियममा पुगेपछि प्रहरीको तयारीको पर्दाफास भएको छ ।

स्टेडियमको मुख्य गेटबाट रंगशाला प्रवेश गर्न मेटल डिटेक्टर जडान गरिएको थियो भने प्रत्येक प्रवेशद्वारमा छुट्टाछुट्टै चारवटा मेटल डिटेक्टर राखेर प्रत्येक मेटल डिटेक्टरमा २० जनाभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरी प्रत्येक व्यक्तिलाई भित्र पस्ने अनुमति दिइएको थियो । जानकारीका अनुसार यस अवधिमा भित्र पानीको बोतलदेखि कलमसम्म कुनै पनि सामान बोक्न निषेध गरिएको थियो ।

यी सबैका साथसाथै सुरक्षा मापदण्ड पूरा नगर्ने यस्ता नारा कोही व्यक्तिले बोकेको छ कि छैन भनेर पनि अति आवश्यक र महत्वपूर्ण जाँच भइरहेको थियो । तर यी सबै सुरक्षा व्यवस्थालाई असफल बनाउदै यी युवा मैदानमा पुगेपछि सुरक्षामा प्रश्न उठेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै