• २०८१ बैशाख १६ आइतबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

kharibot

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो  ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।

महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभाव भएपछि रंगशालाको काम रोकिएको थियो ।

फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ ऋण रहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै