• २०८१ बैशाख १६ आइतबार

बलिवुडका पाँच विवाहभन्दा महँगो अनन्त अम्बानीको विवाह

kharibot

काठमाडौँ । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुवैको विवाहपूर्व समारोह १ मार्चदेखि तीन दिनसम्म गुजरातको जामनगरमा भइरहेको छ ।

बिहेमा बिल गेट्स, मार्क जुकरबर्ग र बलिउड सेलिब्रेटीजस्ता धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुको जमघट भएका छन् । साथै यस समारोहमा हलिवुड गायिका रिहानाले प्रस्तुति दिन जामनागर आइसकेकी छन् । 

एक रिपोर्टका अनुसार अनन्त-राधिकाको आलिशान विवाहमा एक हजार करोड भारु खर्च हुने भएको छ । यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४०० करोड रुपैयाँ खर्च भएको थियो । इशा अम्बानीले विवाहमा ९० करोडको लेहेंगा लगाएर विश्व कीर्तिमान बनाएकी थिइन् । अनन्त राधिकाको विवाद आगामी जुलाईमा हुदै छ र अहिले विवाहपूर्वका समारोह भइरहेका छन् । दुवैको यस विवाहलाई बलिवुडको भन्दा ठुलो विवाहको रुपमा हेरिएको छ । अनन्त- राधिकाको विवाहको खर्च पाँच बलिवुड सेलिब्रेटी विवाहको भन्दा बढी खर्च हुन लागेको बताइएको छ ।

अहिलेसम्म बलिवुडको सबैभन्दा महँगो विवाह प्रियंका चोपडा र निक जोनसको विवाह;लाई मानिन्छ । २०१८ मा राजस्थानमा भएको यस विवाहमा १०५ करोड भारु खर्च भएको बताइन्छ । आफ्नो विवाहमा प्रियंकाले १५ करोडको ड्रेस लगाएको विषय निकै चर्चामा रहेको थियो ।

त्यस्तै बलिउडका चर्चित जोडी रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको २०१८ मा भएको विवाहमा कुल ९५ करोड भारु खर्च भएको बताइएको थियो ।

त्यस्तै २०१७ मा क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाहमा कुल ९० करोड भारु खर्च भएको थियो ।

त्यस्तै २००९ मा अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाहमा ८० करोड भारु खर्च भएको थियो । विवाहमा राज कुन्द्राले शिल्पालाई ५ करोडको औठी लगाइदिएको विषय निकै चर्चा भएको थियो ।

त्यसैगरी बलिवुड अभिनेत्री आसिन र राहुल शर्माले २०१९ मा आफ्नो विवाहमा ५० करोड खर्च गरेका थिए । त्यस्तै २००७ मा अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायबीच भएको विवाहमा ४० करोड भारु खर्च भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय