• २०८१ बैशाख १७ सोमबार

कर्णाली सरकारका कांग्रेस मन्त्रीले दिए राजीनामा

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको फरक गठबन्धन बनेपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो ।

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर विसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल मासाजिक विकास मन्त्री थिए । कांग्रेस गत बैशाख सात गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो ।

सरकार छोड्नुअघि कांग्रेसबाट सहभागी तीन जना मन्त्रीले सामुहिक पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री सिंहले केन्द्रमा बदलिएको समीकरण अनुसार प्रदेशमा आफूहरु सरकारबाट बाहिरिने निर्णय गरेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै