• २०८१ बैशाख १५ शनिबार

न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त

kharibot

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकास लिएका हुन् ।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गरेका थिए । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । 

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उनले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै