• २०८१ बैशाख १५ शनिबार

आसिफ अली जरदारी पाकिस्तानको राष्ट्रपतिमा विजयी

kharibot

इस्लामावाद । पाकिस्तानमा आज भएको राष्ट्रपतीय निर्वाचनमा आसिफ अली जरदारी विजयी भएका छन् ।

जरदारीले इमरान खानका उम्मेदवारलाई २३० मत अन्तरले पराजित गरेका हुन् । जरदारीले कुल ४११ मत पाएका छन् भने इमरान खान समर्थित उम्मेदवार मोहमुद खान अचाकजाईले ११८ मत मात्र प्राप्त गरेका छन् । जरदारी नवाज शरिफको पार्टी पीएमएल–एनको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । यसअघि उनी सन् २००८ मा राष्ट्रपति पनि बनेका थिए ।

नयाँ राष्ट्रपतिले आइतबार सपथ लिनेछन् । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।

आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन् ।

जरदारीको विगत विवादित रहेको छ । उनी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए । बेनजिर भुट्टोले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीको नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी थिइन् । २००७ मा भुट्टोको हत्या पछि, नवाजको पार्टीले पीएमएल-एनसँग गठबन्धनमा चुनाव लडे र जनरल परवेज मुशर्रफलाई सत्ताबाट हटाए । यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै